को परे त बझाङ कांग्रेसको उम्मेदवार सूचिमा, दलित उपेक्षित, महिला न्यून

काँग्रेस बझाङले प्रदेश र संघका लागि उम्मेदवार सिफारिस गरेको छ । आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बिहीबार उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ चन्द्रादेवी जोशी, हर्कजंगबहादुर सिंह, पृथ्वीबहादुर सिंह र डा. अम्मरराज जोशीको नाम छ । यीमध्ये चन्द्रादेवी अहिले पनि व्यवस्थापिका–संसद् सदस्य छिन् भने हर्कबहादुर सिंह जिल्ला पार्टी सभापति हुन् ।

समानुपातिकतर्फ शिद्घराज जोशी, भक्तराज जोशी, हरिप्रसाद उपाध्याय, दिपकराम जोशी, प्रकाश स्नेही र प्रभालक्ष्मी बजालको नाम सिफारिस भएको छ ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ जगतप्रसाद जोशी, चेतराज बजाल, नन्दकृष्ण जोशी र ध्रुवराज उपाध्यायको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ उत्तम रोकाया, खड्क बोहरा, उमाशंकर जोशी, विष्णुकुमार सिंह ( जगत), सम्मशेर बम्म, रामबहादुर महर, शिद्घराज जोशी, नारायण हमाल, विष्णु ऐडी, खगेन्द्रप्रसाद जोशी, शान्ति पुजारा, देवीकुमारी सेटी, सुनीता थापा, हीरादेवी रोकाया खत्री र पार्वती विष्ट रहेको जिल्ला कार्यसमिति सदस्य उत्तम रोकायाले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा भने काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार नछुट्याई एकमुष्ट १९ जनाको नाम सिफारिस गरेको छ ।

नरेशबहादुर सिंह, डा. सुरेश मल्ल, प्रताप गुरुधामी, रमेश भण्डारी, विष्णु दौल्याल, गुणाकर जोशी, गणेश भण्डारी, मीनादेवी रावल, शान्तिकुमारी महत, मनीषा धामी, कुमारजंगबहादुर सिंह, केशवराज जोशी, कविराज गिरी, सूर्यप्रकाश जोशी, देवराज शर्मा, ईश्वर मल्ल, मनजीत ताम्राकार, नरेश थापा र कवि जप्रेलको नाम केन्द्रमा सिफारिस भएको छ ।

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको नाम करिब करिब टुंंगो लगाइसकेको छ भने एमाले आन्तरिक छलफलमा छ । स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल फेरि बढ्दै गएको छ ।

नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!