रांगाको बलि दिने क्रममा भागदौड मच्चिँदा सातजना घाइते

बैतडीको देहिमाण्डौमा रहेको प्रसिद्घ निंगलाशैनी भगवती मन्दिरमा बिहीबार महाअष्टमीको दिन रांगाको बलि दिने क्रममा भागदौड मच्चिँदा सातजना घाइते भएका छन् ।

उक्त मंदिरमा रांगालाई खुला छोडेर काटने चलन छ । एक जनाले मार हान्ने र अरु तीन चार जनाले रसी समात्ने अनि चोट हानेर रांगालाई भाग्न दिएर काटने चलन छ । यसरी चोट लागेर रंथनीएको रांगा भागेपछि दुर्घटना भएको हो ।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका –६ का ११ वर्षीया कविता विष्ट, १४ वर्षीया सरस्वती विष्ट, ३४ वर्षीय नरेन्द्र विष्ट , दशरथचन्द नगरपालिका १ गुरुखोलाका ७२ वर्षीया देवसिंह ऐरी, दशरथचन्द नगरपालिका –४ का २२ वर्षीय दीपेन्द्र वोहरा, ४० वर्षीया खिमा कार्की र ३० वर्षीय विनित चन्द रहेका छन् ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारतको पिथौरागढ र कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिए । बलि दिइरहेका बेला एक्कासी भागेर आएको रांगाले हान्दा उनीहरु घाइते भएका हुन् ।

उक्त मंदिर मा हरेक वर्ष ३,४ सय रांगाको बली दिइनछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!