दारी पाल्नेहरु कार्यस्थलमा बढी सफल हुने अनुसन्धानको दावी

कोही पुरूष दारी पाल्न मन पराउँछन् त कोही दिनहुँ दारी काटेर आमानिसहरुका अनौठा अनौठा शोख हुन्छन् । कसैलाई आफ्नो कपाल लामो पाल्न मन लाग्छ भने कसैलाई नङ लामो पार्न ।

कसैलाई दारी बढेको मन नै पर्दैन जवकी कतिपयलाई दारी नभइ आफू नै नभएको जस्तो हुन्छ । कोहि आफूलाई चिटिक्क पार्न चाहन्छन् । कोही आफूलाई पाको देखाउनसमेत दारी पाल्ने गर्छन् ।

दारी पालेको पुरूषलाई कसैले आकर्षक बताउँछन् त कसैले फोहोरी । दारीको सम्बन्ध पुरूषको व्यक्तित्वसँग मात्रै छैन । हालै मात्रै गरिएको अनुसन्धानले दारी र पुरूषको सफलताबीच सम्बन्ध रहेको देखाएको छ ।

युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलियाका अनुसन्धाताहरुले गरेको अनुसन्धानअनुसार आफूलाई आक्रामक देखाउन अन्य पुरूषबाट आउने दबाबका कारण पनि पुरूषले दारी पाल्ने गरेको पाइएको छ । कार्यस्थलमा आफूलाई थप शक्तिशाली देखाउन मुख्य तत्त्व दारी नै भएकोसमेत अनुसन्धानका क्रममा फेला परेको छ । त्यसैले दारी पाल्नेहरूमा बढ़ी आत्मविस्वास हुने अध्ययनले जनाएको छ ।

त्यस्तैगरी केही पुरूषले चाहिँ महिलालाई आफूप्रति आकर्षित गर्नसमेत दारी पाल्ने गरेको पाइएको छ ।

पछिल्लो समय नेपाल र भारतमा समेत विशेषगरी खेलाडी र अभिनेताहरुले दारी पाल्ने प्रवृत्ति बढेको छ । हुन त शिक्षकलगायतका अन्य पेशाकर्मीहरुले समेत दारी पाल्ने गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!