सरकारी लापरबाही, दशैंमा चामल अभाव

हुम्ला, असोज १२ । नेपालीहरुको महान चाड दशैं भन्ने वित्तिकै राम्रो लगाउने, मिठो खाने र आफ्न्तसँग भेटघाट गर्ने बझिन्छ । तर मिठो खाने त कुरै छाडौं भात खानका लागि चामल नभएपछि के दशैं । नेपालको दुर्गम जिल्ला हुम्लामा यति बेला चामलको अभाव छ । नागरिकहरु आक्रोशित भएका छन ।

नेपालीहरुको महान् चाड दशैंका बेला नेपाल खाद्य संस्थान सिमीकोटबाट चामल नपाएपछि उपभोक्ताले बजारबाट रु चार हजार पाँच सय मूल्य पर्ने २५ किलोग्राम प्याकेटका चामल किन्न बाध्य भएका छन् ।

त्यस्तै सिमीकोट हिल्सा नाका र डोजम खोलाबाट प्रति च्याङ्ग्रा रु १० हजारदेखि २२ हजारसम्म किनेर भएपनि दशैँ मनाउन यहाँका स्थानीयवासी बाध्य भएका छन् ।

गत वर्षभन्दा यस वर्षको दशैं अत्यन्त महँगो भएको कुरा स्थानीयवासीले गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!