बरिष्ठ पत्रकार तरुण तेजपालविरुद्ध बलात्कारका आरोपमा मुद्दा दर्ता

एजेन्सी, असोज १२ । भारतका बरिष्ठ पत्रकार एवम भारतीय पत्रिका ‘तहल्का’का संस्थापक सम्पादक तरुण तेजपाल विरुद्ध सहकर्मीमाथि यौनदूव्यवहारका आरोपमा मुद्दा दायर हुने भएको छ ।

बम्बइको उच्च अदालतको गोवा इजलाशले बलात्कारको आरोपमा आफू विरुद्ध अभियोग पत्र दर्ता नगर्न तेजपालले अदालत समक्ष गरेको अपील अस्वीकार गरेपछि उनी विरुद्ध मुद्दा दर्ता हुने भएको हो ।

सन २०१३ मा रिपोटिङका क्रममा गोवाको एक पाँच तारे होटेलको लिफ्टमा आफ्नी सहकर्मीमाथि यौन दूव्र्यवहार गरेको तेजपालमाथि आरोप छ ।

कमेन्ट गर्नुहोस्