साफ यु–१८ फुटबल च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, असोज १२ । भारतलाई २–० गोलले हराउदै साफ यु–१८ फुटबल च्याम्पियनसिप विजेता बनेको नेपाली टोली स्वदेश फिर्ता भएको छ ।

भुटानको थिम्पुमा बुधबार सम्पन्न १८ वर्षमुनिको साफ यु–१८ फुटबल च्याम्पियनसीप प्रतियोगिता जितेको नेपाली टोली बिहीबार दिउँसो काठमाडौं आइपुगेको हो ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए ।

भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार भारतलाई २–० ले हराउँदै नेपालले साविक उपाधि रक्षा गरेको थियो । नेपालको जितमा दुबै गोल दिनेश हेन्जनले गरे ।

दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यु–१९ फुटबलको उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता यु–१८ को ढाँचामा खेलाउन थालिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!