इतिहास रच्दै ‘छक्का पञ्जा २’

काठमाडौं, असोज १२ । नेपालीहरुको महान पर्व फूलपातीको अवसर पारेर बुधबारदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा २’ को पहिलो दिनको व्यापारी कारोबार नेपाली सिने इतिहासकै राम्रो रहेको बताइएको छ ।

प्रदर्शनको पहिलो दिन दर्शकको उपस्थिति र टिकट बिक्रीको हिसावले ‘छक्का पञ्जा २’ ले नेपाली सिने बजारमा भारतीय चलचित्र ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ ।

साथै देशभरका एक सय भन्दा धेरै हलहरुबाट एकसाथ प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ ले क्युएफएक्समा सबैभन्दा बढी २६ शो पाउने चलचित्रको रेकर्डमा पनि आफ्नो नाम लेखाइसकेको छ ।

चलचित्र ‘छक्का पञ्जा २’ले बुधबार राजधानी बाहिर मात्रै रात्री शोहरु बाहेक ५७ लाख रुपैयाँको कारोबार गरेको छ । तर राजधानीमा भएको व्यवसायिक कारोबारको भने विवरण आउन बाँकी रहेको वितरकले बताएका छन ।

कलाकार दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ गएको वर्षको रेकर्ड ब्रेकर सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल हो । ‘छक्का पञ्जा’ले नेपाली सिनेमाको इतिहासमा सबैभन्दा धेरै कमाउने र मल्टिप्लेक्समा सय दिन मनाउने सिनेमाको रेकर्ड बनाएको थियो ।

‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!