सेक्स डलका लागि परिवार त्याग्दै जापानी

एजेन्सी, असोज १२ । जापानमा पछिल्लो समय सेक्स डलका कारण विवाह नगर्ने पुरुषको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यसैगरी धेरै विवाहित पुरुषहरुले पनि सेक्स डलका लागि परिवार त्याग्ने गरेका छन् ।

गजबको वैवाहिक जीवन विताइरहेका जापानका ६१ बर्षीय सेन्जी नाकाजीले सेक्स डलका लागि परिवार त्यागेका छन् । दुई सन्तान र एक श्रीमतीका अविभावक उनले सेक्स डल भेटाएपछि पछि उनीहरुलाई परित्याग गरेका हुन ।

छ वर्षअघि साओरी नाम दिएका उक्त सेक्स डललाई उनी आफ्नो प्रेमीका भन्दछन् । साथै उनी आफू जाने स्थानमा यस डललाई समेत लाने गरेका छन् । तर केही विश्लेषकहरु भने सेक्स डलले भविष्यमा नराम्रो असर गर्ने बताउदै आएका छन् । उनीहरु प्राकृतिक सम्बन्धलाई स्थान दिनु पर्नेमा जोड दिंदै आएको छन् ।

यदि यो क्रममा जापानका पुरुषहरुले सेक्स डललाई अपनाउदै जाने हो यस देशको जनसंख्यामा नराम्रो असर पर्ने विशलेषकहरु बताउछन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!