लोकपप गीत ‘लण्डन आइमा सेल्फी’ सार्बजनिक (भिडियासहित)

लण्डन, असोज १२। लोकपप शैलीको ‘लण्डन आइमा सेल्फी’ बोलको गीत सार्वजनिक भएको छोटो समयमै धेरैको मन छिन सफल भएको छ ।

लण्डन आइमा सेल्फी खिचेरसंगै मेला गएको, उकाली ओराली गरेको आफ्नो मायालुलाई बिर्स्योउ कि भन्ने भावको उक्त गीतमा बेलायतको लण्डनमा रहेको लोकप्रिय लण्डन आइको सेरोफेरोमा खिचिएको छ।

बेलायतमा बस्दै आएका सोहन घिमिरेको गीतमा स्वर, संगीत र शब्द रहेको छ। दिपेश रेग्मीको निर्देशन र कुशल श्रेष्ठको छायांकन रहेको उक्त गीतमा विशाल ढकाल र प्रियंका रेग्मीको अभिनय छ। गीतको म्युजिक भिडियोलार्ई हाईलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

कलाकार घिमिरेका यस अघि ‘तीन जुरेको डाँडा’ र ‘यो साँझ गीत पनि युट्युबमा निकै रुचाइएको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!