​दसैमा इन्धनको अभाव हुँदैन : निगम

काठमाडौं, असोज १२ । नेपाल आयल निगमले दसैँको अवधिमा इन्धन अभाव नहुने जनाएको छ ।

पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले इन्धन अभाव नहुने निगमले जनाएको छ । निगमले विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार इन्धन सञ्चित गरिएको दाबी गरेको छ ।

विशेषगरी लामो दूरीका गाडीका लागि राजमार्ग आसपासमा रहेको पेट्रोल पम्पमा आवश्यक्ता अनुसार इन्धन उपलब्ध गराउने निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!