​प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाबाट नेपाल आउँदै

काठमाडौं, असोज १२ । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिएर आज स्वदेश फर्किँदै छन् ।

प्रधानमन्त्री देउवा आज साँझ साढे सात बजे काठमाडौं अन्तर्राष्ट्रिय विमान स्थल आइपुग्ने उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशसँग भेटवार्ता गरेका थिए ।

न्यूयोर्कमा रहँदा उनले सार्क क्षेत्रका केही राष्ट्रप्रमुखसँग पनि भेटवार्ता गरेका थिए । उनले ओमानको समेत भ्रमण गरेका थिए ।

प्रधानमन्त्री देउवा असोज ३ गते महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!