प्लेब्वाईका संस्थापक ह्युग हेफ्नरको निधन

मानव समाजमा यौनक्रान्तिका लागि चिनिने प्लेब्वाई पत्रिकाका सम्पादक ह्युग हेफनरको ९१ वर्षको उमेरमा निधन भएको छ ।

समाजमा यौन र महिलाको शरीरलाई हेर्ने परम्परागत दृष्टिकोणलाई चिर्दै हेफनरले आज भन्दा ६० वर्ष अघि अर्धनग्न तस्वीर र पठन सामग्री राखेर प्लेब्वाई पत्रिकाको शुरुआत गरेका थिए ।

यो पत्रिका पछि गएर संसारभरी चर्चित भएको थियो । कुनै बेला आफ्नो आमासँग १ हजार डलर मागेर पत्रिका सञ्चालन गरेका हेफनर पछि करोडोंको सम्पत्तिको मालिक बनेका थिए । प्लेब्वाईको पहिलो अंकमा भने चर्चित कलाकार मार्लिन मुनरोको तस्वीर राखिएको थियो ।

पश्चिमी जगतमा साठी र सत्तरीको दशकमा भएको यौनक्रान्तिका प्रेरकका रुपमा समेत लिइने हेफनरले पोर्नोग्राफीलाई स्थापित गराउन ठूलो संघर्ष गरेको उनका छोराले बताएका छन् । इन्टरनेटको व्यापकताले भने प्लेब्वाईको लोकप्रियतामा कमी ल्याएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!