सुदूरपश्चिममा दशैंको मुखमा भूकम्पको त्रास

बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिए । उहाँले भने, “केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।”

यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!