४१ वर्षको उमेरमा २० वर्षकी देखिएपछि एयरपोर्टमैं रोकिइन यी गायिका

सुन्दर देखिने चाहना कसको हुँदैन । त्यसमा पनि सेलिब्रेटीहरुले त आफ्नो उमेर कम देखाउन निकै कोशिस गर्दछन् ।

तर कहिलेकाहिँ बढी उमेर भएर पनि कम देखिनु सास्तीको विषय बन्न सक्दो रहेछ भन्ने कुरा हालै मात्र घटेको घटनाले पुष्टि गरेको छ ।

प्रसंग युक्रेनी गायिका नतालिया डेकेन्जिभको हो । टर्कीको एयरपोर्टमा उनलाई पासपोर्टमा उल्लेख गरेको उमेर र उनको अनुहार नमिलेकै कारण सुरक्षाकर्मीहरुले रोकेको समाचार सार्वजनिक भएको हो ।

युक्रेनकी चर्चित गायिका नतालिया एउटा कार्यक्रमको सिलसिलामा टर्की पुगेकी थिइन । टर्कीको विमानस्थलमा घर फर्किने क्रममा उनलाई अधिकारीहरुले रोके । उनको पासपोर्टमा ४१ वर्ष उल्लेख गरिएको थियो । तर उनी भने २० वर्षे युवतीजस्तो देखिन्थिन ।

सुरक्षाकर्मीहरुले उनले नक्कली पासपोर्ट प्रयोग गरेको त होइन भनेर शंका लागेर सोधपुछका लागि रोकेका थिए ।

नतालियालाई सुरक्षाकर्मीहरुले रोकेको थाहा पाएपछि उनका प्रशंसकहरुले यसको प्रतिरोध गरेको मिडियामा समाचार सार्वजनिक भएको छ ।

पछि उनको जीउडाल २० वर्षको देखिने कुरा सुरक्षाकर्मीले थाहा पाएपछि उनलाई छोडिएको थियो ।

घटनापछि नतालियाले पत्रकारहरुसँग यसबारे कुरा गरेकी थिइन ।

शाकाहारी भएको बताउने नतालियाले आफ्नो शरीरलाई उमेरले कुनै असर नगरेको बताइन । जता पनि शरीर र मुहारका प्रशंसा सुन्दै आएकी नतालियाले यसरी सास्ती पनि खेप्नुपर्ला भन्ने कुरा सोच्दै नसोचेको उनले बताइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!