संसदीय समितिको निर्देशन हतारको निर्णय, बुढीगण्डकीको काम रोकिदैन : उर्जामन्त्री

काठमाडौं, असोज ११ । बुढीगण्डकी जलबिद्युत परियोजनाको काम कुनैपनि हालतमा नरोकिने ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

संसदको अर्थ र कृषि तथा जलस्रोत समितिले अघिल्लो साता बुढीगण्डकी जलविद्युत परियोजनाको काम रोक्न निर्देशन दिएको थियो । तर ऊर्जामन्त्री शाहीले बुढीगण्डकी आयोजनाको काम अब नरोकिने बताएका हुन ।

बुधबार राजधानीको एक साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले भने, ‘अदालतमा विचाराधिन रहेको मुद्दामा संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यसले राम्रो सन्देश जाँदैन, सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!