इन्धनको अभाव हुदैन : निगम

काठमाडौं, असोज ११ । नेपाल आयल निगमले दशैंको अवधिमा इन्धन अभाव नहुने दावी गरेको छ ।

पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले दशैंमा इन्धनको अभाव नहुने निगमले जनाएको छ ।

निगमले मुलुकभरका विभिन्न १५ वटा पेट्रोलियम डिपोमा क्षमताअनुसार इन्धन भण्डारण रहेको पनि जनाएको छ । ‘दशैंको माग धान्नेगरी विभिन्न डिपोमा पर्याप्त सञ्चिती छ,’ निगमका कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्यले बताए ।

उनका अनुसार निगमका हरेक डिपोमा पूर्ण क्षमताको उपयोग गरेर पर्याप्त मौज्दात राखिएको छ ।

कमेन्ट गर्नुहोस्