धमाधम उम्मेदवार छनोट गर्दै माओवादी, तेह्रथुमबाट को–को परे ?

तेह्रथुम, असोज ११ । नेकपा माओवादी केन्द्रले तेह्रथुममा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । सम्बाहाम्फे निजी तथा संस्थागत विद्यालय संगठन प्याब्सनका केन्द्रीय अध्यक्ष छन् ।

त्यस्तै समानुपातिकतर्फ केन्द्रीय पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई र पुर्वसांसद फुर्वी शेर्पाको नाम सिफारिस गरिएको छ ।

प्रदेश तर्फ क्षेत्र नंं. १ मा पार्टीका जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ । सेने जिल्ला सहसंयोजक छन् ।

त्यसैगरी, समानुपातिकतर्फ दिलकुमारी लिम्बु र तेजेन्द्र कुरुम्बाङ चयन भएका छन् ।

यस्ते क्षेत्र नंं.२ मा प्रत्यक्ष तर्फ पोलिटव्युरो सदस्य सुशिला कन्दङवा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङवा र जिल्ला सहसंयोजक ताराप्रसाद भटराईको नाम सिफारिस गरिएको छ ।

त्यस्तै समानुपातिक तर्फ तेजमान कन्दङवा, बलिराज ईङनाम र चुडामणी बरालको नाम सिफारिस गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!