थाइल्याण्डकी पूर्वप्रधानमन्त्री सिनावात्रालाई पाँच वर्षको जेल सजाय

बैंकक, असोज ११। थाइल्याण्डको सर्वोच्च अदालतले त्यहाँकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

चामलमा दिइएको अनुदान योजनाको दुरुपयोग गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइएको थियो । अदालतले सिनावात्राको अनुपस्थितिमै सो सजाय सुनाएको जनाइएको छ ।

सैनिक विद्रोहमार्फत् सन् २०१४ मा सिनावात्रालाई सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । सिनावात्राले आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।

उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् । ग्रामीण गरीबी उन्मुलनका लागि सरकारले उनको कार्यकालमा दुई पटक बजारको भुक्तानी फिर्ता दिएको थियो ।

सुनुवाईका क्रममा अदालतमा उपस्थित हुन नसकेपछि सिनावात्राविरुद्ध पक्राउ आदेशसमेत जारी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!