सुर्खेतमा माओवादीले उम्मेदवारको टुंगो लगायो, कोको परे सिफारिसमा

सुर्खेत, असोज ११। नेकपा माओवादी केन्द्रले सुर्खेतमा आगामी मंसिरमा हुने संघ र प्रदेशसभाका लागि उम्मेदवार टुंगो लगाएको छ ।

बुधबार सम्पन्न बैठकले प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरुका नाम टुंगो लगाई केन्द्रमा सिफारिस गरेको बताएको छ ।

माओवादी केन्द्र सुर्खेतले प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ मा ठम्मरबहादुर विष्ट र क्षेत्र नं. २ मा नरबहादुर विष्टलाई सिफारिस गरेको छ । नरबहादुर विष्ट पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।भने ठम्मर विष्ट दोस्रो संविधानसभामा पनि क्षेत्र नं. १ बाट उम्मेदवार थिए ।

हाल प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र रहेको सुर्खेतमा माओवादीले प्रदेशसभाका लागि पनि सर्वसम्मत उम्मेदवार टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि क्षेत्र नं. १ मा जयबहादुर डाँगी, २ मा जितबहादुर राना, ३ मा गणेश भण्डारी र ४ मा विन्दमान विष्टलाई मओवादीले उम्मेदवार बनाएको छ ।

प्रदेशसभाका लागि सिफारिस भएका राना राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रीय उपाध्यक्ष समेत हुन् भने भण्डारी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!