सेफ्टी ट्याङ्कीमा निस्सासिएर ३ जनाको मृत्यु

रौतहट, असोज ११ । रौतहटको यमुनामाई गाउँपालिका–१ सुकदेवचोकमा सेफ्टी ट्याङकीमा निस्सासिएर घरधनी र अन्य दुई जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान साढे १० बजेतिर सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा घरधनी परोहा नगरपालिका–२ का ३५ वर्षीय मुन्ना बैठा र परोहा १ बस्ने ३१ वर्षका विजय बैठा, देवाहीगुनाही नगरपालिकाका ३० वर्षका नागेश्वर माझीको मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्