१३ जना जुवाडे खालबाटै पक्राउ

पोखरा, असोज ११ । जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रु एक लाख ९२ हजार नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ सहित छ जना जुवाडे पक्राउ परेका हुन् । त्यस्तै पोखरा १७ काउछेघारीस्थित दीपेन्द्र पौडेलको घरबाट रु एक लाख ५० हजार ५४५ नगदसहित सात जना जुवाडे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा–१३ का हरि तामाङ, किशोर परियार, मिलन गुरुङ, राजेन्द्र नेपाली, शोभित नेपाली, पोखरा–१७ का बोधराज रेग्मी, प्रकाश रेग्मी, अनिल क्षेत्री, पोखरा–३ का राजु रेग्मी, पोखरा–५ का रामकृष्ण पौडेल र २९ का अमर खनाल रहेका छन् ।

अवैधरुपमा जुवा खेलिरहेको प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!