आंशिक प्राध्यापक डाक्टर गजुरेल अनसनमा

काठमाडौं, असोज ११ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक डाक्टर महेश गजुरेल आजबाट आमरण अनसनमा बस्न लागेका छन् ।

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्न चारपटक सम्झौता गरेपनि कार्यान्वयन नगरेकाले प्राध्यापकलाई करार बनाउन माग गर्दै दवावस्वरुप अनसनमा बस्न लागेको बताएका छन् ।

नेपालले अनुमोदन गरेको अन्तराष्ट्रिय श्रम संगठनको कानुनमा पनि २ सय ४० दिन दैनिक ज्यालादारीमा काम गरिसकेका श्रमिकलाई मासिक ज्याला दिनुपर्ने प्रावधान रहेको तर त्रिभुवन विश्वविद्यालयले १२ बर्षदेखि कसैलाई करार नगरि बौद्धिक शोषण गरेकाले आमरण अनसन बस्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

आज ४ बजे त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालय कीर्तिपुरको प्रवेशद्वारमा आमरण अनसन शुरु गर्ने आंशिक प्राध्यापक संघले जनाएको छ । त्यहि ठाउँमा ६५ दिनदेखि आंशिक प्राध्यापकले रिले अनसन गरिरहेका छन् ।

संघका महासचिव केशव चन्दले पाँच दिनभित्र पनि माग पुरा नभए धेरैजना आंशिक प्राध्यापकहरु एकसाथ आमरण अनसनमा बस्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!