दशै मनाउन घर फर्किनेको घुइँचो

काठमाडौं, असोज ११ । दशै सुरु भएसँगै दसैँ मनाउन घर जानेको संख्या बढ्दो छ । राजधानीबाट मात्रै दशैका लागि झण्डै ४० लाखको हाराहारिमा बाहिरिन्छन् ।

विभिन्न बाध्यता र कारणबस राजधानीमा बस्दै आएका नेपालका विभिन्न स्थानका मानिसहरु
आ–आफ्नो घर फर्किरहेका हुन् ।

म‌ंगलबारसम्म मात्रै १९ लाख मानिसहरु दसैँ मनाउन घर फर्किएको ट्राफिक प्रहरीले जनाएको छ ।

वुधबारदेखि सार्वजनिक विदा शुरु भएपछि घर फर्किनेको संख्या बढेको हो । नयाँ बसपार्क, पुनारो बसपार्कलगायतका स्टेसनहरुमा यात्रुहरुको भीड देख्न सकिन्छ । काठमाडौका कलंकी, कोटेश्वर, बल्खु लगायत ठाउँमा विहानैदेखि गाडी र यात्रुको लाम छ । पुर्व जाने गाडीका कारण काठमाडौको तिनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म नै गाडीको लाम लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!