अछाममा बजार अनुगमनमा थप कडाई

अछाम, असोज १० । पछिल्लो समय बजार अनुगमनलाई तीब्रता दिएको जिल्ला प्रशासन अछामले सदरमुकाम मंगलसेनस्थित बिभिन्न पसलहरुमा छड्के अनुगमन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अछामका शाखा अधिकृत तुलसीप्रसाद ढुंगानाको संयोजकत्वमा रहेको बजार अनुगमन टोलीले मंगलसेन बजारका बिभिन्न ठाँउमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दैनिक उपभोग्य तथा किराना पसल, होटेल, हार्डवयर पसल लगायतमा छड्के निरिक्षण गरि बिभिन्न अबैध तथा अखाद्य म्याद नाघेका सामाग्री बरामद गरेका छ ।

अनुगमनका क्रममा मंगलसेन मालिका विकास बैंक नजिक रहेका २ वटा होटेलमा छापा मारेको थियो । २ वटा होटेल मध्ये कृष्ण होटेलको गोदामबाट अबैध घरेलु मदिरा बरामद गरिएको छ ।

यस्तै रामेछाप होटेलवाट इजाजत बिना बिक्री बितरण भईरहेको १३ बोतल बियर जफत गरिएको छ । यस्तै अनुगमन टोलिले जिल्ला शिक्षा अगाडिदेखि बैरागी बस काउण्टर अगाडीका पसलहरु र क्याम्पसचोकमा रहेका खुद्रा तथा उपभोग्य सामग्रीका पसलवाट ठुलो परिणाममा गुट्खा बरामद गरेको छ ।

यस्तै टोलीले म्याद नाघेका बिस्कुट, मिठाई, श्रृंगार सामग्री्र र अन्य प्याकिङ खाद्यपदार्थहरु पनि बिक्रिबितरण भईरहेको भेटिएपछि बरामद गरेको जनाईएको छ । बरामद भएका सबै अबैध तथा अखाद्य बस्तु जिल्ला प्रशासन कार्यालय परिसरमा प्रशासन, प्रहरी, पत्रकार र सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ ।

अनुगमनका क्रममा दर्ता बिना सञ्चालन भएका र अबैध रुपमा कारोबार गरिरहेका पसलहरुलाई सचेत गराईएको छ भने आगामी दिनमा नियम अनुसार सञ्चालन नगरे सिल गरिदिने चेतावनी समेत दिईएको छ ।

उपभोक्तालाई मनपरि गर्ने, राज्य र नागरिकलाई ठगी गर्ने कालोबजारीया ब्यापारि ब्यावसायिलाई कुनै हालतमा नछोडीने अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताए । कुनैपनि ब्यापारि ब्यावसायिले उपभोक्तालाई ठगि गरेमा तत्काल जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि उनले आग्रह गरे ।

बजार अनुगमन कार्य निरन्तर चलिरहेको र बदमासि गरेको पाईएमा जो सुकैलाई पनि कानुनी कारवाही गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!