उपप्रमुखमा विजयी रौतहटका प्रथम शहीद पत्नी कान्तिदेवीले भनिन, ‘महिला हिंसाको अन्त्य हुन्छ’

रौतहट, असोज १० । रौतहटको पहिलो शहीद पत्नी एवं फतुआ विजयपुर नगरपालिकाबाट निर्वाचित उपप्रमुख कान्तिदेवी महतोले महिला हिंसाको अन्त्य गरी महिलालाई सशक्त बनाउने बताएकी छन् ।
फतुुआ विजयपुुर नगरपालिकाको उपप्रमुखका रुपमा आइतबार औपचारिक शपथ लिएपछि उपप्रमुख महतोले जनताको विश्वासलाई विकासको लहर ल्याएर मूर्त रुप दिने बताईन । उनका श्रीमान् मनरुप महतोले सशस्त्र द्वन्द्वकालमा शहादत प्राप्त गरेका थिए ।
जिल्लामै पिछडिएको नगरपालिका फतुुआ विजयपुुरमा दलित, गरिब, विपन्न र महिलाका लागि विशेष योजना ल्याई नेतृत्व तहमा पुु¥याउने दृढता पनि उनले व्यक्त गरिन ।
आफू शहीद पत्नीमात्र नभई अति विपन्न तथा जनजातिबाट माओवादी कार्यकर्ताका रुपमा नेतृत्व गर्दै आएकाले उनीहरुको पीडा र समस्याबारे जानकार रहेको उपप्रमुख महतोले प्रष्ट पारिन ।
फतुुआ विजयपुुर नपा–११ भैंसहीटोल घर भएका महतोले लामो समय माओवादीमा महिलाको जिल्ला अध्यक्षका रुपमा रहेर काम गरिसक्नु भएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य पनि हुन ।
माओवादीद्वारा सञ्चालित सशस्त्र संघर्षमा प्रत्यक्षरुपमा लागेका महतोका श्रीमान् मनरुप महतोको २०५७ साल मंसिर ७ गते हालको बृन्दावन नगरपालिका तोरीबारीमा बम बनाउने क्रममा आफैँ विष्फोट भएर मृत्युु भएको थियो ।
महतो रौतहटमा माओवादीका प्रथम शहीद हुनुहुन्छ । श्रीमान्को मृत्युुपछि केही समय घरमा बस्नुभएका महतो भारतको पटनामा अध्यक्ष पुुष्पकमल दाहालसँगको भेटपछि पार्टी कार्यकर्ताका रुपमा सक्रिय रहँदैआएको उनले बताईन।
पहाडमा कैयौँ ठाउँमा भएको भिडन्तमा खटेको र रौतहटको इलाका प्रहरी कार्यालय कटहरियामाथि आक्रमण गर्दा पनि आफूले एउटा मोर्चा सम्हालेको स्मरण उनिसँग छ ।
दुुईदशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा फतुुआ विजयपुुर नगरपालिकामा महतोले नेपाली काँग्रेसका अम्बेया खातुुनलाई पराजित गर्दै जित हासिल गरेकि हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!