धुर्कोटमा बडा दशै महोत्सव सुरु, राजेश हमाल आउँदै

गुल्मी, असोज १० । गुल्मीको धुर्कोट गाउँपालिकामा मंगलबारदेखि बडा दशै महोत्सव २०७४ सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।

‘धुर्कोटको सौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान’ भन्ने मुलनाराका साथ सुरु भएको महोत्सवलाई सम्वोधन गर्दै गाउँपालिका प्रमुख पोखरेलले ऐतिहासिक धुर्र्काेटको पहिचान र धार्मिक तथा सांस्कृतिक पक्षलाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको बताए ।

प्रमुख पोखरेले सवै राजनैतिक दलले धुर्कोट गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने संकल्प गरेकाले बनाएरै छाड्ने उदघोष गरे । त्यस्तै उपप्रमुद शिवबहादुर खत्रीले केहि महत्पुर्ण निर्णय गरेर धुर्कोटको विकासमा लागिएको जानकारी दिए ।

महोत्सव स्थलमा विभिन्न प्रकारका पिङ, वालउद्यान, व्यपारिक स्टलहरु राखिएको छ । महोत्सवको आर्कषणका रुपमा पाकिस्तानबाट मगाईएको उट प्रदर्शनी स्थलमा राखिएको छ । महोत्सवको पहिलो दिन आज चर्चित लोक गायक रामजी खाँड, मेरी वास्सैका कलकार प्रकाश कंडेल (गुलेली कान्छा), एशियार्कै होची महिला मञ्जु घिमिरे, कलकार रमेश कौशल, विशाल श्रेष्ठ, महेन्द्र भण्डारी र वालकलाकार संङ्गित पौड्यालको वेजोड प्रस्तुती रहेको थियो ।

भोली अर्का चर्चित कलाकार कुलेन्द्र बिश्वकर्मा लगायतको प्रस्तुती रहने छ । पर्सी समापनको दिन महानायक राजेश हमला लगायतको जमघट हुने भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता छन्दबहादुृर पहराई, नेकपा एमालेका कृष्ण घिमिरे, माओवादी केन्द्रका निमहादुर पाण्डे, वडा नम्वर ७ वाग्लाका वडाध्यक्ष हिमप्रसाद पन्थीले सवै वडाध्यक्षको तर्फबाट मन्तव्य राखेका थिए ।

गुल्मीमा महोत्सव गर्ने धुर्कोट गाउँपालिका पहिलो बनेको छ । देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी इन्टरटेन्टमेण्ट काठमाडौले संयुक्त रुपमा आयोजना गरेको महोत्सवको प्रवन्ध निर्देशक रहेका छन गायक तथा सञ्चारकर्मी मदन खनाल ।

त्यस्तै संहयोजक गरेका छन अर्का कलाकार रामजी नेपालीले । खनालकै अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वडा नम्वर ४ जैसीथोकका वडाध्यक्ष मानहादुर कुँवरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको इन्दिरा मावि धुर्कोटका शिक्षक कृष्णबहादुर केसीले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!