राष्ट्रपतिद्वारा प्रस्तावित कुमारीसँग भेट

काठमाडौं, असोज १० । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तावित ‘कुमारी’ तृष्णा शाक्यले मंगलबार भेट गरेकी छन ।

जिवित देवीका रुपमा परिचित र आसिन काठमाडौंका वर्तमान ‘कुमारी’ उमेर हदका कारण प्रतिस्थापन गरी नव सुकन्यालाई काठमाडौंका ‘श्रीकुमारी’को रुपमा नियुक्त, स्थापना एवं धार्मिकरुपमा वरण गर्न गुठी संस्थान सञ्चालक समितिको सोमबार बसेको बैठकको निर्णय भई प्रस्तावित कृमारीलाई राष्ट्रपतिसमक्ष साक्षात्कारका निमित्त प्रस्तुत गरिएको थियो ।

भेटका अवसरमा गुठी संस्थानका अध्यक्ष, प्रशासक, कुमारी घरसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति थियो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!