१३३ स्थानीय तहको नतिजा सार्वजनिक, १५ वडाको मत गन्न बाँकी

काठमाडौं, असोज १० । गएको २ असोजमा २ नं. प्रदेशका ८ जिल्लाका १३६ स्थानीय तहमा भएको निर्वाचन अन्तर्गत अहिलेसम्म १३३ तहको मतगणनाको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)ले मंगलबार साँझ दिएको जानकारी अनुसार, वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।

वीरगञ्ज नगरपालिकाको ३ वटा वडाको मतगणना कार्य जारी छ । भने राजविराज नगरपालिकाको ५ वडाको मतगणना गर्न बाँकी छ ।

तेस्रो चरणमा १२७१ वडामा निर्वाचन भएकोमा अहिलेसम्म १२५६ वडाको मतगणना कार्य सकिएको छ । अब सबै गरेर १५ वडाहरुको मतगणना गर्न बाँकी रहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!