रूकुममा माओवादीले उम्मेदवारको टुंगो लगायो, जनार्दन शर्मा सर्वसम्मत

रुकुम, असोज १० । नेकपा माओवादी केन्द्रले पश्चिम रुकुममा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुङगो लगाएको बताएको छ ।
सदरमुकाम मुसीकोटमा मंगलबार सम्पन्न वैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदारमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

वैठकले प्रदेश सभामा क्षेत्र नं. २ बाट जिल्ला संयोजक गोपाल शर्मा ‘अनल’लाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, प्रदेशसभाको लागि क्षेत्र नं. १ मा भने उम्मेदवारका आकांक्षीहरुको संख्या धेरै भएकोले ८ जनाको नाम सिफारिस गरिएको इन्चार्ज राजकुमार शर्माले जानकारी दिए ।

यसैगरी प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ निमबहादुर वुढाथोकी, मिलन खड्का, पहलसिं घर्ती, दिपेन्द्र बिक, लक्ष्मी शर्मा र लुम्बीनी गौतमलाई सिफारिस गरिएको छ ।

बैठकले प्रदेशसभाको लागि समानुपातिक तर्फ पुष्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला समितिले सिफारिस गरेको नामबाट केन्द्रीय समितिले उम्मेदवारका अन्तिम टुंगो लगाउने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!