‘माग पुरा नभएसम्म अनशन तोड्दिन’

काठमाडौं, असोज १० । समग्र चिकित्सा सेवा क्षेत्रकोे सुधारका माग गर्दै १२ औं पटक सोमबारदेखि आमरण अनशनमा बसेका त्रिविका प्राध्यापक डा गोविन्द केसीले आफ्ना माग पुरा नभएसम्म अनशन नतोड्ने बताएका छन ।

चिकित्सा सेवा विधेयक संसदमा विचारधिन रहेमा सरकारले त्यसलाई गोलमोटोल तरीकाबाट पारित गर्न खोजेकाले दशैंको मुखमा आफू फेरि अनशनमा बस्नु परेको केसीले बताएका छन ।

केसीले सरकारसँग यसअघि भएका सहमति इमानदारीका साथ कार्यान्वयन नभएकोमा दुख प्रकट गरेका छन । सरकारले बारम्बार सहमति गर्ने तर सहमति विपरित कार्य गर्ने गरेको उनको आरोप छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!