यसकारण हटाइयो नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई

काठमाडौं, असोज १० । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई पदबाट हटाइएको छ । पर्यटनमन्त्री जितेन्द्र नारायण देवले गौतमलाई मन्त्रालयमा फिर्ता बोलाएका हुन ।

हवाई माफिया र बिचौलियाको दबावमा पर्यटन मन्त्री देवले महानिर्देशक गौतमलाई पदबाट हटाएको बताइएको छ ।

महानिर्देशक गौतमले सोमबार दोस्रो पटक पर्यटन सचिव महेश्वर न्यौपानेद्वारा सोधिएको २४ घन्टे स्पष्टीकरणको लिखित जवाफ पठाएका थिए । जवाफ पाए लगतै महानिर्देशक गौतमलाई महानिर्देशकबाट हटाइएको हो ।

मन्त्रालयले गौतमलाई दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो । सोमबार स्पष्टीकरण पत्र बुझाएलगत्तै गौतमलाई मन्त्रीलाई सघाउने गरी मन्त्रालयमा तानिएको व्यहोराको पत्र थमाइएको थियो ।

पर्यटन मन्त्रालयले २७ महिनाअघि गौतमलाई चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त गरेको थियो । उनी सोमबारदेखि नै विदामा बसेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!