३ नं. प्रदेशको मूख्यमन्त्रीमा गगन थापाको दावी

चितवन, असोज १० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले ३ नं प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दावी रहेको बताएका छन् ।

नोपल प्रेस युनियन चितवनले मंगलबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले जिम्मेवारी दिए आफु मुख्यमन्त्री बनेर प्रदेश बनाउने इच्छा रहेको बताए ।

थापाले भने, ‘प्रदेशलाई बलियो बनाउन आवश्यक छ ।’ स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले तालमेलमा जानसक्ने भए पनि छलफल आवश्यक रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!