राजश्व विभागको असहयोगले अनुगमन प्रभावकारी भएन : आपूर्ति मन्त्री

विराटनगर, असोज १० । आपूर्ति मन्त्री शिवकुमार मण्डलले राजश्व विभागले सहयोग नगरेकोले नै बजार अनुगमन प्रभावकारी हुन नसकेको बताएका छन ।

आपूर्ति मन्त्री शिवकुमार मण्डलले कानून अभावमा कालोबजारी गर्नेलाई कसुर अनुसारको कारबाही गर्न नसकिएको बताएका छन ।

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री मण्डलले ५ वर्षमा १७ हजार पटक बजार अनुगमन भए पनि अनुगमन गर्ने निकायलाई अधिकार नभएकोले कारबाही गर्न नसकिएको अबस्था रहेको बताएका हुन ।

चाडपर्वको समयमा देशभर दैनिक उपभोग्य सामाग्री मिसावट हुने गरेको भएपनि स्पष्ट कानूनको अभावमा मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न नसकेकाले यो संस्कृति व्यापकरुपमा मौलाएको मन्त्री मण्डलले बताए ।

कानून निमार्णको मस्यौदा भइरहेको बताउदै उनले कानून निर्माण भइसकेपछि मिसावट गर्ने र कालोबजारी गर्नेले उन्मुक्ति नपाउने दावी गरे ।

मन्त्री मण्डलले समय समयमा बजार अनुगमन भएपनि प्रविधि, प्राविधिक र कानूनको अभावमा दोषीले उन्मुक्ति पाइरहेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!