काभ्रेमा जिप दुर्घटना हुँदा ६ को मृत्यु, १० घाइते

काभ्रे, असोज १० । काभ्रे जिल्लाको बनेपाबाट डाँडापारी गोकुले जाँदै गरेको बा१४ क ९५५६ नम्बरको जीप रोशी गाउँपालिका–३ शिखरआम्बोटेमा जिप दुर्घटना भएको छ ।

उक्त जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृतकहरुको अहिलेसम्म सनाखत नभएको र घाइतेहरुको उद्धार गरी उपचारका लागि धुलिखेल र बनेपाका अस्पतालमा पठाइसकिएको प्रहरीले जनाएको छ।

क्षमता भन्दा बढी भार भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।  मृतकको सनाखत हुन बाँकी छ । उनका अनुसार गाडीमा १७ जना सवार थिए । “घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ”, थापाले भने।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँंमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!