प्रचण्डद्धारा बीपी कोईराला मेमोरीयल अस्पताल चितवनकाे ८० सैयाको भवन उद्घाटन

चितवन, असोज १० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बीपी कोईराला मेमोरीयल अस्पताल चितवनद्वारा निर्मित ८० सैयाको भवनको उदघाटन गरेका छन ।

क्यान्सर सचेतना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले त्यसअघि झंडोत्तलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । पूर्व स्वास्थमन्त्री गगन थापा समेत उक्त अवसरमा उपस्थित थिए ।

यसअिघ प्रेस सेन्टर नेपाल चितवन साखाले आज भरतपुर विमानस्थलमा गरेको कार्याक्रममा प्रचण्डले आगामी केन्द्रीय व्यवस्थापिका संसदको निर्वाचन चितवन क्षेत्र नं. ३ बाट लड्ने प्रचण्डको घोषणा गरेका छन् ।

आउँदो चुनावमा आफु क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेका हुन । पार्टीको बैठकले गरेको निर्णय अनुसार आफु क्षेत्र नम्बर ३ बाटै उठ्न लागेको उनले जानकारी दिए ।

माओवादी केन्द्र एक्लै चुनाव लड्ने र स्थानीय आवश्यकता अनुसार कतिपय स्थानमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरुसँग तालमेल गर्न सकिने पनि प्रचण्डले बताए ।

प्रचण्डले चितवनबाट लड्ने घोषणा गरेपछि अरु दलका स्थानीय नेता र कार्यकर्ता समेत उत्साहित बनेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!