हिन्दु धर्मको संरक्षण आवश्यक: नेता कण्डेल

नवलपरासी , असोज १० । नेपाली कांग्रेसका नेता एवंम् पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले धार्मिक संहिशुढता नेपालीको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।

नवलपरासीको पाल्ही नन्दन गाउंपालिकामा निर्मित दशैमर्तिको एक समारोह बिच अनावरण गर्दै नेता कण्डेलले यस्तो बिचार ब्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले सो अवसरमा बिश्वमा एक मात्र हिन्दु राष्ट्र नेपालको धार्मिक संहिसुढताको जगेर्ना गर्नु आजको आवश्यका रहेको जिकिर गरे  । हरेक जाती र वर्ण को बसोबास रहेको नेपालमा आम नेपालीको भावना अनुरुप हिन्दु धर्मको संरक्षण र प्रबद्र्धनमा हामी सबै लाग्नुपर्ने आवश्यक रहेको कण्डेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!