दशैंको दिन सर्वसाधारणका लागि सेनाको निशुल्क बस सेवा

काठमाडौं, असोज ९ । यस वर्षको दशैंका दिन नेपाली सेनाले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।
टीकाका दिन उपत्यकामा सार्वजनिक सवारीका साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणको सुविधाका लागि बस सञ्चालन गनृ लागेको जनाएको छ ।

नेपाली सेनाका अनुसार उपत्यकाका आठ वटा रुटमा बस सञ्चालन हुने छन । बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् ।
कुन–कुन रुटमा चल्ने छन त सेनाका बस

रुट नं. १ भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं. २ भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं. ३ भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

रुट नं ४ भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५ भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

रुट नं. ६ भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

रुट नं. ७ भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं. ८ भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

यसैगरी, यस वर्षपनि दशैंको विदामा घर जाने सैनिक र उनीहरुका परिवारका लागि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!