१७ महिनापछि १३औं साग नेपालमै

काठमाडौं, असोज ९ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०१९ नेपाल मै हुने दावी गरेका छन ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीबाट आएको लिखित प्रतिबद्धता वाचन गर्दै साग सन् २०१९ को ९ देखि १८ मार्चसम्म काठमाडौं र पोखरामा हुने बताएका हुन् ।

उनले सरकारले चाह्यो भने बाँकी रहेको १७ महिनाभित्रै भौतिक पूर्वाधार तयार गर्नसक्ने बताए । अध्यक्ष श्रेष्ठले १३औं सागमा २५ खेल समावेश हुने जनाए । उनले आयोजकका हिसाबले नेपालले कराँते र गल्फ थपेको बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!