बीरगञ्ज महानगर प्रमुखमा फोरमको अग्रता कायमै

बीरगञ्ज, असोज ९ । बीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार संघीय समाजवादी फोरमको अग्रता कायमै रहेको छ ।

फोरमका महानगरप्रमुखका उम्मेदवार विजयी सारावगीले १५६३५ मत प्राप्त गरेका छन भने उनलाई नेपाली कांग्रेसका अजय द्विवेदीले १४९५० मत ल्याई पछ्यारहेका छन । भने नेकपा माओवादीका रहबर अन्सारीले ७३२३ मत पाएका छन ।

त्यसैगरी, उमप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कार्कीले १६४८३ मत प्राप्त गरी अगाडि छन भने उनलाई संघीय समाजवादी फोरमकी पिंकी यादवले १४९५० मत ल्याई पछ्याइरहेकी छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!