ट्रकको ठक्करबाट घर भत्कियो, दुई जना घाइते

डडेल्धुरा, असोज ९ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवामा एउटा ट्रक ब्रेक फेल भइ अनियन्त्रीत भएर घरमा ठोक्किँदा दुईजना घाइते भएका छन् । भने घर भत्किएको छ ।

घटनामा ट्रकका चालक कैलालीका ३३ वर्षीय अर्जुन राना र र सहचालक १६ वर्षीय सुशिल राना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ । ट्रकको ठक्करबाट बिजुलीको पोलसमेत भाँचिएको छ ।

धनगढीबाट दिपायलतिर जाँदै गरेको बा ३ ख ८७७७ नम्बरको ट्रक सोमबार दिउँसो साढे ३ बजेतिर रडुवामा ब्रेक फेल भइ दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!