विविधताबीचको एकता नै हामी नेपालीको साझा पहिचान : उपराष्ट्रपति पुन

काठमाडौं, असोज ९ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरुको महान पर्व विजया दशमी २०७४ को पावन अवसरमा देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, सु–स्वास्थ्य एवम उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन ।

आइतबार जारी शुभकामना पत्रमा भनिएको छ, ‘ बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त हाम्रो देश धर्म निरपेक्ष राष्ट्र हो । हाम्रो संविधानले नै सबै धर्म, संस्कृतिका समुदायलालई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम संम्बद्धन गर्न पाउने अधिकार प्रत्याभूति गरेको छ । असत्यमाथि सत्यको विजयको रुपमा मनाइने विजया दशमीसहित सबैखाले चाडपर्वहरु नेपालीको साझा सम्पत्ति हुन ।विविधताबीचको एकता नै हामी नेपालीको साझा पहिचान हो ।’

शुभकामना पत्र

कमेन्ट गर्नुहोस्

error: Content is protected !!