४ स्थानीय तहको नतिजा आउन बाँकी, राजविराजमा माओवादीको अग्रता

काठमाडौं, असोज ९ । गएको असोज २ गते भएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३१ तहको नतिजा सार्वजनिक भएको छ । अब चार स्थानीय तहको नतिजा आउन बाँकी छ ।

अन्तिम नतिजा आउन बाँकी रहेका मध्ये २ नम्बर प्रदेशको एक मात्र महानगर पर्साको वीरगंज महानगरपालिका, बाराको कलैया उपनगरपालिका, बारागढी गाउँपालिका र सप्तरीको राजविराज नगरपालिकामा मतगणना जारी छ ।

मतगणना जारी रहेका मध्ये बीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम अगाडि रहेको छ । करिब ८४ हजार भन्दा बढी मत खसेकोमा अहिलेसम्म ६३ हजार १ सय ४४ मत गन्दा संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । पछिल्लो मतगणना अनुसार मेयरमा संघीय समाजवादी फोरम नेपालका विजयी सरावगीले १४ हजार ६ सय ७७
प्राप्त गरेका छन भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १३ हजार ५ सय ५४ मत प्राप्त गरेका छन ।

त्यस्तै उपमेयर नेपाली कांग्रेसकी शान्ति कार्कीले १५ हजार ६ सय ६५ प्राप्त गरेकी छन । भने उनलाई संघीय समाजवादी फोरम नेपालकी पिंकी यादवले १३ हजार ९ सय ९१ मत ल्याउदै पछ्याइरहेकी छन ।

त्यसैगरी कलैया उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायम छ । नेकपा एमालेका बिनोद साहले ९ हजार ४ सय १९ प्राप्त गरेका छन भने उनलाई नेपाली कांग्रेसका राजेश यादवले ९ हजार ४६ ल्याई पछ्याइरहेका छन ।

त्यस्तै उपमेयरमा एमालेकी प्रतिमा यादवले ९ हजार २ सय ३१ प्राप्त गरेकी छन । भने उनलाई नेपाली कांग्रेसकी रहिमा खातुनले ८ हजार ७ सय ६६ ल्याई पछ्याइरहेकी छन ।

त्यसैगरी, राजविराज नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अनिस अन्सारीले अग्रता लिएका छन । अनिसले ९ सय ८७ मत प्राप्त गरी अगाडि छन भने उनलाई संघीय समाजवादी फोरम नेपालका भिमराज यादवले ८ सय ९२ मत गरी पछ्याइरहेका छन ।

त्यस्तै, उपमेयरमा राजपाको अग्रता रहेका छ । राजपाका साधना झाको १ हजार ६७ मत रहेको छ भने माओवादी केन्द्रका सुमित्रादेवी यादवको ९ सय ६७ रहेको छ ।

बारागढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै रहेका छ । कांग्रेसका देवदत्तबछाड थारुले १ हजार ७ सय ३ मत प्राप्त गरेका छन भने उनलाई संघीय समाजवादी फोरमका अशोककुमार जयसवाल १ हजार २ सय ६ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ । काग्रेसकी चन्द्रावती चौधरीको १ हजार ५ सय ७५, संघीय समाजवादी फोरमको लक्ष्मीदेवी रायको १ हजार ६७ र एमालेकी धनमाया चौधरीको १ हजार ८२ मत रहेको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!