ठाउँ खोज्दै एमालेमा कोमल ओली

काठमाडौं, असोज ९ । टिका लगाएर नायिका रेखा थापासहितलाई राष्ट्रिय प्रजातन्त्रमा प्रवेश गराउका गायिका कोमल ओलीले अन्ततः राप्रपा छोडेकी छिन् ।

पार्टी विभाजन र स्थानीय तह निर्वाचनमा नराम्रो पराजय भोगेपछि कोमलले राप्रपाको विकल्प खोज्दै हिँडेकी ओलीले अन्ततः नेकपा एमालेमा ठाउँ पाउने भएकी हुन् । लाभ र अवसर नपाएपछि एमालेमा गएको उनी निकट स्रोतले बताएको छ ।

रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा लागेकी ओलीले राप्रपा रहँदा कुनै सोचेजस्तो अवसर नपाएका कारण उनीले पार्टी परित्याग गर्न लागेकी हुन् ।

एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा महासचिव इश्वर पोखरेलसँग वार्ता गरेपछि ओली एमाले प्रवेश गर्न राजी भएकी हुन् । एमाले अध्यक्ष ओलीले कोमलाई समानुपातिक कोटाबाट सांसद बनाउने आश्वासन समेत दिएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!