‘रौतहटमा गोली हानी एकको हत्या’

रौतहट, असोज ९ । रौतहटमा अज्ञात समूहले एक व्यक्तिको गोली हानी हत्या गरेका छन् । परोहा नगरपालिका २ जिंगडवामा सोमबार गोली हानी एक युवकको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मत्यु हुनेमा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको प्रहरीले जनाएको छ । उनी हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका छोरा हुन् ।

आफ्नै घरको आंगनमा सुतिरहेकको अवस्थामा बिहान करीब ४ बजे सोहेब उपर गोली प्रहार भएको पीडित परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

शरीरमा गोली लागेका घाइते सोहेबलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाने क्रममा मृत्यु भएको हो ।

मृतको शव परीक्षणको लागि गौर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!