भएन सहमति, अस्पतालहरु बन्द, अस्पताल खुलाउन सरकारको अपिल

काठमाडौं, असोज ९ । कानून निर्माणको बिरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्कहरु अझैसम्म सहमतिमा आएका छैनन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चिकित्सक संघले अघि सारेको मागहरु सम्बोधन गर्न सकारात्मक रहेको भक्न्दै स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।

सहमतिका लागि सरकार र नेपाल चिकित्सक संघबीच भएको वार्तामा आज पनि कुरा मिल्न सकेन ।

चिकित्सकहरु अस्पताल बन्द गरी आन्दोलनमा उत्रिदा आम सर्वसाधारणले सास्ती भोग्नु परिहेको छ । सरकारले आफ्नो माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने चिकित्सक संघले जनाएको छ ।

सरकार र आन्दोलनरत चिकित्सकबीच कुरा नमिल्दा देशै भरका सम्पुर्ण निजी तथा सरकारी अस्पतालहरुमा शुक्रबारदेखि आकश्मिक बाहेकका सम्पुर्ण सेवा ठप्प छन् ।

उपचारमा क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए चिकित्सकहरुले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासहित कानूनको मस्यौदा बनाउने निर्णयको विरोध गर्दै चिकित्सकहरुले शुक्रवारदेखि मुलुकभरकै निजी तथा सरकारी अस्पतालहरु बन्द गरेका हुन् ।

कमेन्ट गर्नुहोस्