शिक्षा एेन खारेजीको माग गर्दै विद्यार्थी संगठन ओली निवासमा (ज्ञापनपत्र सहित)

काठमाडौं, असोज ९ ।  शिक्षा एेन खारेजीको माग गर्दै विद्यार्थी संगठन नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली  निवास पुगेका छन् ।

बिभिन्न राजनीतिक दलकाे ध्यानाकर्षण गर्ने कार्यक्रम अन्तरगत संयुक्त विद्यार्थी संगठन अाज अाेली निवास पुगेका हुन् । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गर्दै अाएकाे छ ।

यसअघि उनीहरुले अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भन्दै राजधानीमा प्रदर्शन गरेका थिए ।

‘शिक्षा ऐन नवौँ संशोधन खारेज गर, शिक्षाको गुणस्तर कायम राख’ ‘बालबालिका शिक्षामाथि खेलबाड गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै एक घण्टा प्रदर्शन गरेका थिए । ऐन संशोधनबाट योग्य उम्मेदवारलाई पाखा लगाउँदै अयोग्य शिक्षकलाई सिधै स्थायी बनाउने प्रयास गरिँदै छ भन्दै यसबाट लाखौँ बालबालिकाको शैक्षिक भविष्य अन्धकार हुने भन्दै आन्दोलन थालिएको संघीय विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले बताए ।

शुक्रबार सरकारले स्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्नेगरी ऐन संशोधन गरेपछि विद्यार्थी आन्दोलित भएका छन् ।

उनीहरुले शुक्रबार कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारलाई संशोधन फिर्ता गर्न ज्ञापनपत्र बुझाएका छन् भने शिक्षा ऐन नवौँ संशोधन पनि जलाएका थिए ।

विद्यार्थी संगठनले एमालेअध्यक्ष ओलिलार्इ बुझाएकाे ज्ञापनपत्र 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!