सर्लाहीको कविलासी नगर प्रमुखमा राजपाका कौशलकिशोर विजयी

काठमाडौं, असोज ९ ।  सर्लाहीको कविलासी नगरपालिका प्रमुखमा राजपाका कौशलकिशोर यादव ३३९५ र उपप्रमुखमा संघीय समाजवादी फोरमकी राधादेवी ३६५७ मत प्राप्त गरी विजयी भएका छन्।

गएको असोज २ गते २ नम्बर प्रदेशमा भएको स्थानीय तह तेस्रो चरणको निर्वाचन भएका १३६ स्थानीय तह मध्ये १२९ तहको मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस अहिलेसम्म कुल ३७ स्थानीय तहमा जित हात पार्दै पहिलो स्थानमा रहेको छ भने उसलाई राजपा र संघीय समाजवादी फोरमले समान २४ २४ स्थानीय तहमा जित्दै दोस्रो स्थानमा रहन सफल भएका छन ।

त्यसैगरी २२ स्थानीय तहमा जित हात पार्दै नेकपा माओवादी केन्द्रले उनीहरुलाई पछ्याइ रहेको छ । नेकपा एमालेले भने अहिलेसम्म जम्मा १७ स्थानीय तहमा जित हात पारेको छ ।

त्यस्तै फोरम लोकतान्त्रातिकले ३ स्थानीयमा विजयी भएको छ । जनता दल नेपाल र नयाँशक्ति पार्टी नेपालले समान एक स्थानीय तहमा जित हात परेका छन ।

अब जम्मा सात स्थानीय तहको अन्तिम नतिजा आउने बाँकी छ । ती स्थानीय तहमा अहिले मत गणना जारी रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!