प्रहरीकै संलग्नतामा कुटिइन महिला अधिकारकर्मी बोक्सीको आरोपमा

बीरगञ्ज, असोज ८ । जिल्ला महिला अधिकार मञ्च पर्साको अध्यक्ष राजकुमारी उपाध्यायलाई बोक्सीको आरोपमा बीरगञ्जमा निर्घात कुटपीट गएिको छ । उनलाई कुटपीटका साथै मानसिक यातना पनि दिइएको छ ।

पर्साको बीरगञ्ज महानगरपालिका–८ पानी ट्याङकीमा बस्दै आएकी अध्यक्ष उपाध्यायलाई बोक्सीको आरोपमा कुटपीट गरिएको हो । उनी करिब डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल एकल महिला हुन् ।

बहुविवाह, घरेलु हिंसा, लैङिगक हिंसा र बोक्सीको आरोपमा पीडित सयौं महिलाहरुलाई न्याय दिलाउने उपाध्याय आइतबार आफै पीडित बन्न पुगीन ।

उपाध्यायलाई उनी बस्ने घरमै डेरामा बस्ने अरुले आइतबार कुटपीट र दुव्र्यवहार गरेका हुन् । घटनामा सशस्त्र प्रहरी जवान योगेन्द्र कार्कीको समेत संलग्नता रहेको पीडित पक्षले बताए । पीडित पक्षले घटनामा संलग्न भएकाहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!