एनआरएनएको अध्यक्षका लागि कार्की उम्मेदवार बन्ने

दोहा, असोज ८ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्ष पदमा टिबि कार्कीले उम्मेदवारी दिने तयारी गरेका छन ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष पदको जिम्मेवारी पुरा गरीसकेका कार्कीले सातौ अधिबेशनमा अध्यक्षको प्रत्याहासी समेत रहेका थिए ।

आउदै गरेको आठौ अन्तराष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा अगाडि बढीरहेको बेला विभिन्न पदका आकांछीहरुले उम्मेदवारी घोषणा भई रहदा कार्की अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिती सदस्य हुदै २००७ देखि २००९ मा आइसीसी सदस्य, चौथो महाधिवेशन (२००९–२०११) को कार्यकालमा सक्रिय रहदै पाँचौ सम्मेलनमा (२०११–२०१३) मा सचिव पदमा रहि सशक्त रुपमा विश्वभर रहेका गैरआवसीय नेपालीहरु बिच आफु लाई स्थापित गराएका थिए । (२०१३–२०१५) को छैठौं विश्व सम्मेलनमा उपाध्यक्षमा पदमा विजय सगै एनआरएनए लाई सस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय रहदै आएका थिए । हाल उनी सल्लाहकारको भुमिकामा रहेका छन् ।

अघिल्लो सातौ महाधिबेशनमा हालका अध्यक्ष शेष घलेसगँ प्रतिस्पर्धामा रहेका कार्कीलाई यस पटक भने उनै घले निकटबाट सर्मथन गर्ने देखिएको छ ।

सस्थापक अध्यक्ष उपेन्द्र महत्तो पुर्वअध्यक्ष जिबा लामिछाने लगायत एनआरएनका अग्रजहरुसँग निकट सम्बन्ध रहेका कार्कीलाई सर्बसम्मत नेतृत्व प्रदान गर्न शिर्ष तहमा समेत चर्चा चलिरहेको बताइएको छ ।

संस्थाका उपाध्यक्ष कुमार पन्त लगायतका पदाधिकारीहरु समेत कार्कीको पक्षमा रहेका हुदाँ उनको उम्मेदवारी अर्थपुर्ण रुपमा हेरिएको छ ।

पदीय दाउपेचमा अधिवेशनमा देखिने गुट उपगुटले संस्थालाई स्तरउन्नोति र विकाश हुन नसक्ने भन्दै एनआरएनका अभियान्ताहरुसमेत चिन्तित रहने गरेका छन ।

मध्यपूर्वमा रहेका एनआरएनहरुले एकता र सहकार्यतामा जोड दिदै यसपटक मध्यपूर्वले नेतृत्व पाउनु पर्ने आवाज उठाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!