रौतहटको कटहरिया नगरप्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी

रौतहट, असोज ८ । रौतहटको कटहरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।

माओवादी केन्द्रका उम्मेदवार सियाराम कुशवाह प्रमुख र उपप्रमुखमा नुरजहा खातुन निर्वाचित भएका हुन ।

कुशवाहले ४२३२ र खातुन ५११० मत प्राप्त गरी विजयी भएका हुन । कटहरिया नगरपालिकासहित माओवादी केन्द्रले रौतहटमा ३ तहमा विजयी भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!